Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नेपाली चियापत्ती बजार : उत्पादन घट्यो, मूल्य वर्षकै उच्च

नेपाली चियापत्ती बजार : उत्पादन घट्यो, मूल्य वर्षकै उच्च

इलाम, २० भदौ । लकडाउनको प्रभाव र प्रतिकूल मौसमका कारण यस वर्ष पूर्वका जिल्लामा हरियो चियापत्तीको उत्पादन घटे पनि मूल्य भने उल्लेख्य बढेको पाइएको छ । मूल्यमा एकरूपमा नहुँदा वर्षेनि मारमा पर्दै आएका चिया कृषक तथा व्यवसायी यस सिजनमा निकै उत्साहित छन् । कोरोना महामारी र लकडाउनले मूल्य घट्ने आशंका विपरीत अहिले हरियो चियापत्ती प्रतिकिलो रू. ४० मा विक्री भइरहेको व्यवसायीले बताएका छन्, जुन यस वर्षकै उच्च मूल्य हो ।
यस सिजनमा बगानमा हरियो चियापत्तीको उत्पादन ५० प्रतिशतले घटेको उद्योगी रमेश पौडेलले बताए । सिजनको पहिलो चिया टिपाइ बन्दाबन्दीका कारण टिप्न नपाउँदा काटेर फ्याँक्नु परेको उनको भनाइ छ । यद्यपि हाल भारतीय बजारमा चियाको माग बढेकाले नेपाली चियाको मूल्यवृद्धि भएको चिया तथा कफी विकास बोर्डका सदस्य हर्क तामाङको भनाइ छ । यसको प्रत्यक्ष फाइदा कृषकहरूले पाएको उनले बताए । उनका अनुसार अघिल्ला वर्षहरूमा चिया उद्योगले किसानलाई ढिलोगरी भुक्तानी दिए पनि हाल खरिदसँगै भुक्तानी पनि गरिरहेको छन् ।
इलाम झापमा उत्पादित हरियो चियापत्ती प्रशोधनविनै दार्जिलिङ जान थालेपछि चिया उद्योगले कृषकसँग प्रतिकिलो ४० रुपैयाँमा किन्न थालेका छन् । यी सबैभन्दा कम गुणस्तरको चियापत्ती पनि प्रतिकेजी ३० रुपैयाँमा विक्री भइरहेको छ ।
भारतीय व्यापारीले तयारी सीटीसी चिया प्रतिकेजी २ सय ५० देखि ३ सय रुपैयाँसम्ममा किनिरहेका छन् । गतवर्ष यसको मूल्य १ सय ३० रुपैयाँ प्रतिकेजी थियो । यो सिजनमा चियाको भाउ बढ्नुमा उत्पादनमा आएको कमी र इलामबाट हरियो चिया दार्जिलिङका उद्योगहरूमा लुकीछिपी पुग्नु मुख्य कारण रहेको नेपाल टी प्लान्टर्स एशोसिएशनका सल्लाहकार उदय चापागाईंले बताए । उनका अनुसार पूर्वी नेपालबाट २० लाख किलो सीटीसी र १० लाख किलो अर्थाेडक्स चिया निर्यात हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x