रिलायन्स लाइफको शेयर कारोबार आगामी साताभित्रै खुल्दै
काठमाडौं, २० भदौ । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ शेयरधनीको खाता जम्मा भएको छ । कम्पनीको धितोपत्र आगामी सातादेखि शेयर कारोबारमा आउने बताइएको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ४ देखि ८ गतेसम्म कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणमा ५६ लाख ७० हजार कित्ता आईपीओ जारी गरेर १२ गते शुक्रबार बाँडफाँड गरेको थियो । जसमध्ये गोलाप्रथाबाट कूल ५ लाख ६७ हजार जनाले १० कित्ताका दरले आईपीओ शेयर प्राप्त गरेका थिए ।