Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

डिजिटल भुक्तानी बजारमा थप चार कम्पनी आउँदै, उपभोक्ता सेवामा प्रतिस्पर्धा बढ्ने

डिजिटल भुक्तानी बजारमा थप चार कम्पनी आउँदै, उपभोक्ता सेवामा प्रतिस्पर्धा बढ्ने

काठमाडौं, २१ भदौ । नेपालमा डिजिटल भुक्तानी सेवाप्रदायक चार कम्पनी आउने तयारीमा छन् । नेपाल टेलिकम अन्तर्गतको नेपाल डिजिटल पेमेन्ट कम्पनी, आई क्यास प्रालि, छिटो पैसा प्रालि, बुद्ध लाइट इन्टरनेशनल प्रालि डिजिटल भुक्तानी बजारमा आउन लागेका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार यी कम्पनीलाई भुक्तानीसँग सम्बन्धित विद्युतीय कारोबार सञ्चालनका लागि आशयपत्र दिइसकिएको छ ।
यी कम्पनीले साउनमै सैद्धान्तिक सहमति पाप्त गरेको राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले जानकारी दिए । उनका अनुसार उक्त कम्पनीले कारोबार सञ्चालनका लागि कार्यालय, कर्मचारी, सफ्टवेयर लगायत पूर्वाधारको व्यवस्था गरेपछि सञ्चालनको अन्तिम स्वीकृति दिइनेछ । भुक्तानी सेवा प्रदायक संस्थाले वालेट मार्फत कारोबार गर्न विद्युतीय रकम जारी गर्न सक्नेछन् ।
डिजिटल भुक्तानी बजारमा उक्त कम्पनीहरूको आगमनपछि उपभोक्ता सेवामा भने चर्को प्रतिस्पर्धा हुने देखिएको छ । अहिले नै आईएमई–पे, ई–सेवा फोन पे, सेलकम, सीजी पे, स्प्यारो पे (खल्ती), पे नेप, क्यु पे, नेपाल पे टाइम, स्मार्ट कार्ड नेपाल, मोहर डिजिटल, प्रभु टेक्नोलोजी, ई–नेट पेमेन्ट, फोकसवान पेमेन्ट सोलुसन्स प्रालि, कुराकानी प्रालि लगायत एक दर्जनभन्दा बढी भुक्तानी प्रदायक संस्था सञ्चालनमा छन् । नयाँ कम्पनीहरू थपिएपछि उपभोक्ताले थप सहज र प्रतिस्पर्धात्मक सेवा पाउने भएका छन् । साथै यसले डिजिटल कारोबारको दायरा र पहुँच बढाउने अपेक्षा समेत गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x