Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अन्तर्गत धादिङतर्फको काम सुचारु

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अन्तर्गत धादिङतर्फको काम सुचारु

काठमाडौं, २४ भदौ । कोभिड–१९ को बढ्दो महामारीको बीच नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम अघि बढाइएको छ । हाल उक्त सुरुङमार्गको निर्माणस्थलमा ‘क्लोज क्याम्प’ राखेर धादिङतर्फको काम सुचारु गरिएको बताइएको छ । निर्माणस्थलमा अहिले करीब २ सय कामदार कार्यरत रहेको र काम अघि बढाउन जनशक्तिको अभाव नरहेको सडक विभागले जानकारी दिएको छ ।
सुरुङमा अहिले काठमाडौंतर्फ काम गर्न नसकिए पनि धादिङतर्फ ‘क्लोज क्याम्प’ मा काम भइरहेको छ । सिस्नेखोला ‘डाइभर्ट’ गर्ने काम भइरहेको बताइएको छ, जसअन्तर्गत जग्गा सम्याउने र सुरुङको मुखमा निर्माणको काम भइरहेको सडक विभागले बताएको राससमा उल्लेख छ । निर्माणस्थलमा रहेका धेरै जग्गा अधिग्रहण गरिएको छ भने समस्या भएका केही व्यक्तिको मात्रै अधिग्रहण बाँकी छ ।
गतवर्ष निर्माण शुरू गरेको जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले अहिले पनि भएका जनशक्तिमार्फत काम गरिरहेको हो । कम्पनीले लकडाउन अघि नै आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन कम्पनीले गरेको थियो ।
निर्माण शुरू भएको १० महिना बित्दा अहिलेसम्मको भौतिक प्रगति झण्डै चार प्रतिशत रहेको बताइएको छ । निर्माण कम्पनीको सडक विभागसँग ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । जापान सरकारको ‘सफ्ट लोन’मा सो सुरुङको निर्माण गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनबीच गतवर्ष असोजमा सम्झौता भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *