Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्से परिसूचक १५०० माथि उक्लियोे, एनआरएन इन्फ्राइष्टक्चरको शेयर मूल्यमा नकारात्मक सर्किट

नेप्से परिसूचक १५०० माथि उक्लियोे, एनआरएन इन्फ्राइष्टक्चरको शेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं, २४ भदौ । बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.०५ अंक वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक वृद्धि भएसँगै १५०८.२० विन्दुमा उक्लिएको छ । १९४ कम्पनीको २९ हजार १२४ पटकको कारोबारमा ५७ लाख ९८ हजार ५३२ कित्ता शेयर २ अर्ब ५६ करोड रुपैयाँमा खरिद विक्री भएको छ ।

आज एनआरएन इन्फ्राइष्टक्चर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य ९.९२ प्रतिशत घटेर नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयर मूल्य ३५४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लागेको छ । आज रिलायन्स लाइफ इन्स्योरेन्सको प्रतिशेयर मूल्य ३४ रुपैयाँ वृद्धि भई ३७४ रुपैयाँ कायम भएको छ भने राष्ट्रिय बीमा कम्पनीको ९८८ रुपैयाँ वृद्धि भई १० हजार ८६८ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २२ करोड ३१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । आज पुनर्बीमा कम्पनीको शेयर मूल्य ८९१ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये बैंकिङ्ग समूहको र विकास बैंक समूहको परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x