Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सम्पन्न हुने चरणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, हालसम्मको भौतिक प्रगति ९२ प्रतिशत

सम्पन्न हुने चरणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, हालसम्मको भौतिक प्रगति ९२ प्रतिशत

रूपन्देही, २६ भदौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको उक्त विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत रहेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विमानस्थलको प्राविधिक काममा ढिलाइ भए पनि अब बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी रहेको राससमा उल्लेख छ ।
आयोजनाका अनुसार अधिकांश उपकरण आइसकेको भए पनि अन्तर्राष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन चुनौती भइरहेको छ । विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ । ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेशिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा बताइएको छ ।
विमानस्थल सन् २०२१ को शुरूआतदेखि मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो ।
पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रू. ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x