गैरआवासीय नेपाली संघद्वारा गण्डकी प्रदेशलाई १६ हजार थान मास्क सहयोग

काठमाडौं, २६ भदौ । गैरआवासीय नेपाली संघले गण्डकी प्रदेशलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । संघले बिहीवार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई १६ हजार थान मास्क हस्तान्तरण गरेको छ ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा संघको तर्फबाट एसिया प्रशान्त क्षेत्रीय महिला संयोजक अमृता थापा (कन्चन), पूर्व सल्लाहकार डम्बर घले तथा युकेका पूर्व अध्यक्ष श्री मुछेत्र गुरुङ को उपस्थिति रहेको थियो । उक्त मास्क गैरआवासीय नेपाली संघ मकाउको तर्फबाट प्राप्त भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *