Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बारा–पर्सा औद्योगिक करिडोरका करीब ४० प्रतिशत श्रमिकले गुमाए रोजगारी

बारा–पर्सा औद्योगिक करिडोरका करीब ४० प्रतिशत श्रमिकले गुमाए रोजगारी

पर्सा, २७ भदौ । लकडाउन र निषेधाज्ञाका कारण बजार अनिश्चित हुनुका साथै उत्पादन समेत कटौती भएपछि बारा–पर्सा औद्योगिक करिडोरका हजारौं श्रमिकले रोजगारी गुमाएका छन् । कोभिड–१९ को संक्रमण बढ्दै गएको र करिडोर क्षेत्रमा विभिन्न ठाउँमा निषेधाज्ञाका कारण उद्योग सञ्चालनको सहज वातावरण नभएपछि ३५ देखि ४० प्रतिशतसम्म श्रमिक÷कर्मचारी कटौती गर्नुपरेको उद्योगीहरूले बताएका छन् ।

करिडोरका अधिकांश उद्योगले श्रमिक कटौती गरेको श्रम तथा रोजगार कार्यालय पर्साले जानकारी दिएको छ । यहाँका औसत उद्योगले ६० देखि ६५ प्रतिशत कामदार राखेर उत्पादनलाई निरन्तरता दिएका छन् । बारा र पर्सा जिल्लासहित कोरिडोरका उद्योगमा कोरोना संक्रमण बढ्न थालेपछि प्रशासनले उद्योगमै सीमित कामदार राखेर उत्पादन गर्न निर्देशन दिएको छ ।

उक्त करिडोर क्षेत्रमा करीब १ हजार उद्योग छन्, जसमा १ लाखभन्दा बढी कामदार कार्यरत रहेको अनुमान गरिएको छ । तीमध्ये अहिले ३५ देखि ४० प्रतिशतले रोजगारी गुमाएको उद्योगीहरूले बताएका छन् । कोभिड–१९ रोकथामका लागि गरिएको निषेधाज्ञाले आवतजावत, कच्चापदार्थको आपूर्ति, ढुवानी लगायत प्रभावित हुँदा अधिकांश उद्योगले उत्पादन तथा मजदुर÷कर्मचारी कटौती गरेका हुन् । हाल यस क्षेत्रका उद्योगको उत्पादन कुल क्षमताको २० देखि २५ प्रतिशतमा सीमित रहेको वीरगञ्ज उद्योग वाणिज्य संघले बताएको छ । यस्तै केही उद्योग १० देखि १५ प्रतिशत क्षमता मात्र चलेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x