कामना सेवाको भाइवर र म्यासेन्जरबाटै खाता खोल्न र केवाइसी अपडेट गर्न सकिने
काठमाडौं, २७ भदौ । कामना सेवा विकास बैंकका ग्राहकहरुले अब घरमा नै बसेर भाइवर वा फेसबुक म्यासेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने, केवाइसी अपडेट गर्ने, चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु गर्न सक्ने भएका छन् । बैंकका अध्यक्ष सुदिप आचार्यद्वारा फेसबुक लाईभको माध्यमबाट आज यो नविनतम् प्रविधिमा आधारित सेवाको सुरुवात गरेका हुन ।
भाईबरको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्न ग्राहकहरुले बैंकले प्रदान गरेको क्यूआर कोड स्क्यान गर्नुपर्ने छ भने फेसबुकको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्नको लागि बैंकको फेसबुक पेजमा म्यासेज पठाउनुपर्ने छ ।
बैंकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु घरमै बसी लिन सकुन भन्ने उद्धेश्यले यो सेवाको सुरुवात गरेको बैंकले जनाएको छ।