Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

एनआईसी एशिया बैंकद्वारा ७.७५ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा दिने

एनआईसी एशिया बैंकद्वारा ७.७५ प्रतिशत ब्याजदरमा शेयर धितो कर्जा दिने

काठमाडौं, २९ भदौ । एनआईसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गर्ने गरिने कर्जा ‘लोन एगेन्ष्ट शेयर’ को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको आवश्यकता, बजार तथा समयको मागहरूलाई उचित पहिचान गरी बैंकले नेपाली बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत रहेको उक्त कर्जा योजना सार्वजनिक गरेको जानकारी दिएको छ।

ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १ सय २० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जारी विज्ञप्तीमा उल्लेख छ ।

यस योजना अन्तर्गत न्यूनतम १ करोड देखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । यस अन्तर्गत ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x