Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

औसत ५२ प्रतिशतले घट्यो पेट्रोलियम तथा एलपी ग्यासको खपत

औसत ५२ प्रतिशतले घट्यो पेट्रोलियम तथा एलपी ग्यासको खपत

काठमाडौं, ३० भदौ । मुलुकमा पेट्रोलियम पदार्थ तथा ग्यासको खपत सामान्य अवस्थाको दाँजोमा आधाभन्दा बढीले ह्रास आएको पाइएको छ । कोभिड–१० को संक्रमण बढ्दै जाँदा यसअघि ४ महिनासम्म गरिएको देशव्यापी लकडाउन, काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा गरिएको निषेधाज्ञा लगायत कारण हवाई उडान, सवारीसाधन सञ्चालन, विकास निर्माणका काम तथा होटल, रेष्टुराँ, पार्टी प्यालेस जस्ता व्यवसाय प्रभावित हुँदा पेट्रोलियम तथा ग्यासको खपत औसत ५२ प्रतिशतले घट्न पुगेको देखिन्छ ।
पछिल्लो निषेधाज्ञाको समयसम्म इन्धनको खपत मात्रै करिब ७५ प्रतिशतले खस्किएको नेपाल आयल निगमले बताएको छ । सामान्य अवस्थामा मासिक पेट्रोल ४२ हजार ७८७ किलोलिटरमा खपत हुने गरेकोमा निषेधाज्ञा अवधिमा ४ हजार ६ सय ७५ किलोलिटर मात्र खपत भएको थियो । यस्तै डिजेल मासिक १ लाख २३ हजार ३२९ किलोलिटर डिजेल खपत हुने गरेकोमा १२ हजार २६३ किलोलिटर, हवाई इन्धन ११ हजार ८३० किलोलिटर खपत हुने गरेकोमा घटेर ३०० किलोलिटर र मट्टिटेल १ हजार ४९५ किलोलिटर खपत हुने १३६ किलोलिटरमा झरेको छ ।
यसैगरी यस अवधिमा खाना पकाउने एलपी ग्यासको मात्र खपत ३० प्रतिशतले घटेको बताइएको छ । अधिकांश होटल, रेष्टुराँ, पार्टी प्यालेस, कलेज, उद्योग, कलकारखाना लगायत बन्द हुँदा ग्यास खपत घटेको नेपाल एलपी ग्यास उद्योग संघले बताएको छ । नेपाल आयल निगमका अनुसार सामान्य अवस्थामा मासिक ४० देखि ४५ हजार टन ग्यास आयात हुने गरेकोमा हाल ३५ देखि ३७ हजार टन आयात भएको छ । संघका अनुसार काठमाडौं उपत्यकामा मात्र दैनिक ४० हजार ग्यास खपत हुनेमा अहिले २० हजारभन्दा कम खपत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x