Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

५९औं वार्षिकोत्सवको अवसरमा कर्मचारी सञ्चय कोषद्वारा सेवासुविधा थप गुणस्तरीय बनाउने प्रतिबद्धता

५९औं वार्षिकोत्सवको अवसरमा कर्मचारी सञ्चय कोषद्वारा सेवासुविधा थप गुणस्तरीय बनाउने प्रतिबद्धता


काठमाडौं, ३० भदौ । कर्मचारी सञ्चय कोषले आफ्नो ५९औं वार्षिकोत्सवको अवसरमा कोषद्वारा सञ्चालित सेवा सुविधा थप गुणस्तरीय एवं दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । ५९ वर्ष प्रवेशको अवसरमा आफ्ना सम्पूर्ण सञ्चयकर्ता एवं निवृत्तिभरण योजनाका योगदानकर्ताको सन्तुष्टिप्रति सदैव प्रतिबद्ध रहने संकल्पसहित कोषले उक्त उद्घोष गरेको हो ।
कोषले निवृत्तिभरण र सञ्चय कोषमा वार्षिक ७ प्रतिशत ब्याज दिँदै आएको छ । यसैगरी सापटी सुविधा अन्तर्गत विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल चक्र कर्जा र घर मर्मत सापटी प्रदान दिँदै आएको छ । यस्तै सञ्चयकर्ता स्वास्थ्योपचार योजना अन्तर्गत सञ्चयकर्ताले साधारण रोगका लागि उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्ष रू. १ लाखसम्म र घातक रोगको उपचारको हकमा सेवा अवधिमा अधिकतम रू. १० लाखसम्म शोधभर्ना पाउने व्यवस्था र
साथै सुत्केरी तथा शिशु हेरचाह कार्यक्रम अनुसार कोषबाट प्रतिप्रसूति रू. ७५०० प्रदान गरिँदै आएको छ । यस्तै दुर्घटना क्षतिपूर्ति योजना अन्तर्गत निज वा निजको हकवालालाई रू. २ लाख र काजक्रिया अनुदान हकवालालाई रू. ४० हजार प्रदान गरिने उल्लेख छ । यसैगरी २०७६ साउन १ गतेपछि स्थायी नियुक्ति हुने नेपाल सरकारका कर्मचारी, प्रदेश तथा स्थानीय तहका कर्मचारी, सार्वजनिक निकायका कर्मचारीका लागि योगदानमूलक निवृत्तिभरण योजना सञ्चालनमा रहेको कोषले जानकारी दिएको छ ।
हालसम्म कर्मचारी सञ्चय कोषको मौज्दात ३ खर्ब ५० अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा तथा बचत कोष ३० अर्ब ७५ करोड रुपैयाँको रहेको छ । यसैगरी कुल स्रोत ३ खर्ब ८७ अर्ब १५ करोड रुपैयाँ रहेको कोषले कुल ३ खर्ब ८२ अर्ब ५४ करोड लगानी गरेको छ । यस्तै कोषको हालसम्मको दायित्व ५ अर्ब ३३ करोड रहेको छ भने निवृत्तिभरण कोष ४७ करोडको रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x