Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार

पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडालाई आफ्नो विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । यसअघि प्रधानमन्त्री ओलीले पूर्व राजस्व सचिव लालशंकर घिमिरेलाई आर्थिक सल्लाहकार बनाएका थिए । डा. खतिवडा भने मन्त्रीकै सेवा सुविधा पाउने गरी विशेष आर्थिक सल्लाहकार नियुक्त भएका हुन् ।

राष्ट्रियसभामा डा. खतिवडाको कार्यकाल फागुन २० मा सकिएपछि पनि प्रधानमन्त्री ओलीले उनलाई पुनः मन्त्री नियुक्त गरेका थिए । संविधानको धारा ७८ ले सङ्घीय संसदको सदस्य नरहेको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गरेमा त्यसको ६ महिनाभित्र सङ्घीय संसदको सदस्यता लिनुपर्ने व्यवस्था गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाब दिएपछि खतिवडाको राष्ट्रिय सभामा नियुक्तिको सम्भावना टरेको हो । त्यसपछि उनको कार्यकाल भदौ २० गतेबाट स्वतः समाप्त हुने भएपछि उनी भदौ १९ गते प्रधानमन्त्रीलाई राजीनामा बुझाएर बाहिरिएका थिए । त्यसको एक सातामै प्रधानमन्त्री ओलीले खतिवडालाई पुनः मन्त्री सरहकै हैसियतमा विशेष सल्लाहकार नियुक्त गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x