Shangrila

तिनकुनेको तरकारी बजारबाट ४२ बोरा प्याज बरामद, दुलाल आलु प्याजका सञ्चालकलाई कारबाहीको सिफासिस

काठमाडौं, १ असोज । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तिनकुनेको एक तरकारी बजारबाट ४२ बोरा प्याज जफत गरेको छ । तिनकुनेको हरितगृह तरकारी बजारमा बिहीबार बिहान छड्के अनुगमन गर्दा व्यापारीले लुकाएर राखेको प्याज बरामद भएको हो । समितिले जफत गरिएको उक्त प्याज प्रहरीको जिम्मा लगाएको छ ।

विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरेको अनुगमन समितिले जनाएको छ ।

त्यस्र्त सोही तरकारी बजारबाट महँगोमा प्याज बिक्री गरेको आरोपमा दुलाल आलु प्याजका सञ्चालकलाई पनि समितिले कारबाही सिफारिस गरेको छ । अनुगमनमा परेका सबैलाई १० बजे वाणिज्य विभागमा हाजिर हुन निर्देशन दिइएको छ । उनीहरुलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुने बताएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *