सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घट्यो
काठमाडौं, १ असोज । बिहीबार सुनको मूल्य ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९७ हजार ५०० रुपैयाँमा खरिद विक्री भएको छापावाला सुन आज प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम भएको हो ।
आज तेजावि सुनको मूल्य पनि घटेर प्रतितोला ९६ हजार १०० रुयैयाँमा खरिद विक्री भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद विक्री भएको चाँदी आज प्रतितोला २० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।