Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

आशा लघुवित्तले १५ प्रतिशत बोनस शेयर दिने

आशा लघुवित्तले १५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं, १ असोज । आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

बोनस शेयरमा लाग्ने कर तिर्न लगानीकर्ताले ०.७८९ प्रतिशत नगद पाउनेछन् । कम्पनीले ३ करोड ४८ लाख ४३ हजार २ सय रुपैयाँ बराबरको बोनस सेयर र १८ लाख ३३ हजार ८५३ रुपैयाँ नगद लाभांश वितरण गर्दैछ ।

यो लाभांश वितरण नियामक राष्ट्र बैंक तथा लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि प्रक्रिया अघि बढाउने बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x