Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

दशैं लक्षित उपभोगले व्यापार बढ्ने आशामा व्यवसायी

दशैं लक्षित उपभोगले व्यापार बढ्ने आशामा व्यवसायी

काठमाडौं, १ असोज । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै आजदेखि बजार, पसल, होटल, रेष्टुराँहरु खुलेका छन् । दशैं लक्षित उपभोग्य किनमेलले व्यापार बढ्नेमा व्यवसायीहरु आशावादी देखिन्छन् । नेपालमा कुल गार्हस्थ उपभोगको झण्डै एक तिहाइ दशैंतिहारमा उपभोग हुने गरेको आँकलन गरिन्छ । दशैं र तिहार नेपालीहरुका सबैभन्दा ठूला पर्व भएकाले वर्षभरी हुने उपभोगको एक तिहाइ हिस्सा दशैं र तिहारले ओगट्छन् ।
अघिल्लो दशैंमा ६ खर्ब रुपैँयाभन्दा बढीको उपभोग भएको आँकलन छ । तर यो वर्ष कोभिड–१९ को महामारीका कारण विगत वर्षहरुको जस्तो खर्च हुने अवस्था छैन । मानिसहरुको आम्दानी घटेको छ । धेरैले रोजगारी गुमाएका कारण दशैं तिहारले विगत वर्षहरुमा जस्तो व्यापारमा उत्साह नल्याउने अर्थशास्त्री डा. चन्द्रमणी अधिकारीले बताए ।
कोभिड–१९को प्रभाव अर्थतन्त्रमा गहिरिदैं गइरहेको भन्दै उनले भने, ‘समग्र अर्थतन्त्रलाई गति दिनका लागि उपभोग महत्वपूर्ण छ । कुल गार्हस्थ उत्पादनको ८८ प्रतिशत उपभोग हुने गरेको हाम्रो अर्थतन्त्रलाई उपभोग घट्दा ठूलो धक्का लाग्छ ।’ उनले उपभोग घट्दा वस्तु र सेवा उत्पादन र बिक्री गर्ने कम्पनी र फर्मको आम्दानी कम हुने, आम्दानी कम हुँदा लगानी र रोजगारीमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले उपभोग बढाउन सरकारले रोजगारी गुमाउनेलाई नगद प्रोत्साहन (क्यास इन्सेन्टिभ) दिदाँ त्यसले बजारलाई जीवन्त बनाउने, माग बढ्ने साथै रोजगारी र आयआर्जनका अवसर सिर्जना हुने बताए । सरकारको हस्तक्षेप बिना उपभोक्ताहरुको आम्दानी घटेको वर्तमान परिप्रेक्ष्यमा उपभोग कमजोर हुने अनि लगानी र रोजगारीका अवसर संकुचित हुँदै जाने दुश्चक्रमा मुलुक लपेटिने जोखिम रहेको उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x