Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

नेप्सेलाई जवाफ दिंदै सिभिल बैंकले भन्यो– ‘मर्जको खबर निराधार’

नेप्सेलाई जवाफ दिंदै सिभिल बैंकले भन्यो– ‘मर्जको खबर निराधार’

काठमाडौं, ५ असोज । सिभिल बैंकले हिमालयन बैंकसँग मर्ज हुने खबर निराधार भएको बताएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई लिखित जवाफ पठाउँदै सिभिलले अहिलेसम्म औपचारिक रुपमा मर्ज वा एक्विजिसनको कुनै निर्णय नभएको जनाएको छ।

केही दिनअघि सिभिल हिमालयन बैंकमा मर्ज हुने खबर सार्वजनिक भएपछि त्यसको वास्तविक जानकारी गराउन नेप्सेले आइतबार सिभिललाई पत्र काटेको थियो । सोही पत्रको जवाफ दिंदै सिभिलले नेपाल राष्ट्र बैंकको नीति अनुरुप मर्जरका लागि सम्भावित संस्थाको खोजी भने गरिरहेको जनाएको छ। तर अहिलेसम्म औपचारिक निर्णय भइनसकेको भन्दै उक्त खबर आधिकारीक नभएको जानकारी गराएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x