Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नबिलले नेपालमै सुरु गर्यो ‘नबिल फोन लोन’ सुविधा

नबिलले नेपालमै सुरु गर्यो ‘नबिल फोन लोन’ सुविधा

काठमाडौं, ५ असोज । नबिल बैंकले फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । बैकंले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने जनाइएको छ।

यस्तो कर्जा नेपालमै पहिलो पटक सुरु गरेको बैंकको दाबी छ ।

नबिल स्मार्ट बैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइने बैंकले जनाएको छ । यो सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने छ । यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने छ ।

यस्तो कर्जा बिना धितो पाइने छ । ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने जनाइएको छ। बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहले बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्ने बताए ।

हाल बैंकका १ सय १९ शाखा तथा १ सय ८४ वटा एटिएम सञ्जालमार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x