Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गुराँस लाइफले ५ लाख ९० हजार १४ कित्ता शेयर लिलामीमा बिक्री गर्ने

गुराँस लाइफले ५ लाख ९० हजार १४ कित्ता शेयर लिलामीमा बिक्री गर्ने

काठमाडौं, ५ असोज । गुराँस लाइफ इन्स्योरेन्सले आगामीसाताको सोमबारदेखि ५ लाख ९० हजार १४ कित्ता शेयर लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता शेयर र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने जनाइएको छ। यस्तै, अधिकतम १० अंकले भाग जाने संख्यामा वा बीमा समितिले तोकेको प्रतिव्यक्ति सीमाको अधिनमा रहेर सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद असोज १९ गतेसम्म रहेको जनाइएको छ। यसअघि कम्पनीले गएको असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x