Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मेलम्ची आयोजना : याङ्री र लार्केको पानी ल्याउन टीबीएम प्रविधिबाट सुरुङ बनाइने

मेलम्ची आयोजना : याङ्री र लार्केको पानी ल्याउन टीबीएम प्रविधिबाट सुरुङ बनाइने


काठमाडौं, ५ असोज । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिको प्रयोग गरिने भएको छ । यी दुई खोलाबाट पानी ल्याउन खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले टनेल बोरिङ मेशिन (टीबीएम) प्रविधिबाट सुरुङ निर्माण गर्ने तयारी गरेको छ ।
हालको सुरुङ बनाउन ड्रिलिङ ब्लास्ट एण्ड मकिङ (डीबीएम) प्रविधि प्रयोग गरिएकोमा यसबाट काम ढिला हुने देखिएकाले नयाँ प्रविधि उपयोग गर्नेगरी आयोजना समीक्षामा लागेको बताइएको छ । करिब ११ किमीको यो दूरीमा ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) प्रविधिबाट सुरुङको काम गर्नेगरी तयारी अन्तिम चरणमा पुगेको आयोजनाको ‘हेडवक्र्स’ र सुरुङमार्ग हेर्ने उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । याङ्री र लार्केको मुहानस्थल जाने करिब २४ किमी प्रवेशमार्गको निर्माण पनि ढिला हुने भएकाले समेत टीबीएम प्रविधिबाट काम गर्न लागिएको श्रेष्ठको भनाइ छ ।प्रवेशमार्ग सम्पन्न गरेर सुरुङ बनाउँदा वर्षौँ समय लाग्ने भएकाले ४.८ मिटर चौडाइको सुरुङ बनाउन लागिएको छ । टीबीएम प्रविधिमा भेरी–बबई डाइभर्शन निर्माण गरिरहेको चिनियाँ कम्पनीले याङ्री र लार्केको पानी ल्याउन यो प्रविधिबाट काम गर्ने विषयमा ६ महिनाअघि अध्ययन गरेको थियो ।
मेलम्ची खोलाको मुहानस्थल हेलम्बु गाउँपालिकाको अम्बाथानबाट याङ्री नौ किलोमिटर टाढा पर्छ । याङ्रीबाट लार्के दुई किमीको दूरीमा पर्छ । याङ्री र लार्के दुवै खोला सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x