Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

पर्यटन मन्त्रीले मागे टर्मिनल भवनको डिजाइनमा सुझाव

पर्यटन मन्त्रीले मागे टर्मिनल भवनको डिजाइनमा सुझाव

काठमाडौं, ७ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले भैरहवास्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनका विभिन्न प्रस्तावित डिजाइनहरुमाथि सुझाव मागेका छन् । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी नजिक रहेको उक्त विमानस्थलको टर्मिनल भवनले उक्त सांस्कृतिक महत्वलाई झल्काउने गरी ‘नमस्ते’ आकारको एउटा डिजाइन पनि प्रस्ताव गरिएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१६ देखि निर्माण सुरु गरिएको थियो । सन् २०१८ सम्ममा सञ्चालनमा ल्याउने भनिए पनि सन् २०२० भित्र विमानस्थल सञ्चालनमा आउने अवस्थमा पुगेको छ। विमानस्थल निर्माणको लागि चिनियाँ कम्पनीसँग सन् २०१४ मा सम्झौता भएको थियो।
सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनको जिम्मा दिने तयारी गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण का अनुसार लकडाउन अघि नै सरकारले जर्मन सरकार मार्फत् गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा ‘म्युनिखलाई दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको थियो । कम्पनीसँगको छलफलपछि मन्त्रालयले मन्त्रिपरिषद्‌बाट नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनको लागि पहिलो चरणमा ३ वर्षको समय तोकेर म्युनिखलाई जिम्मा दिने तयारी रहेको बुभिएको छ । कोभिड–१९ को विश्वव्यापी चुनौती र लकडाउनसँगै विमानस्थल सञ्चालनमा ल्याउन ढिलाइ भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x