Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

एनआईसी एशिया बैंकमा ३ महिना वा बढीले भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न केही समय बाँकी

एनआईसी एशिया बैंकमा ३ महिना वा बढीले भाखा नाघेका कर्जाहरूको ब्याजदर ८.९९ प्रतिशत कायम गर्न केही समय बाँकी

काठमाडौं, ८ असोज । एनआईसी एशिया बैंकले ल्याएको श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको व्याजदर घटाउँने योजनाको समय केही दिन मात्र बाँकी छ । आगामी कात्तिक १ गतेदेखि लागु हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गर्ने यस योजनाको फाइदा लिन बैकले सबै ग्राहकलाई अनुरोध गरेको छ ।

बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका योग्य ग्राहकहरुलाई योजनामा सहभागी भई समयमै लाभ लिन बैंकले आग्रह गरेको छ ।

हाल बैंकले ३२६ शाखा कार्यालय, ४६७ एटीएम, १०३ वटा एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x