Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं, ८ असोज । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.७४ अंक बढेर १५६१.२७ विन्दुमा रोकिएको हो । १९३ कम्पनीको ९९ लाख ७१ हजार ३०३ कित्ता शेयर खरिद विक्री भएको छ ।

नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । हिजो १ अर्ब ७२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज २ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । आज सर्वाधिक मुल्यको शेयर खरिद विक्री अरुन कावेली पावर लिमिटेडको भएको छ । यो कम्पनीको १४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो ।

त्यस्तै लगानीकर्ताको आकर्षण हाइड्रोपावर कम्पनीमा बढेको छ । आज प्राय हाइड्रोपावर कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि अपि पावर कम्पनीको भएको छ । यो कम्पनीको शेयर मूल्य ९.७६ प्रतिशत वृद्धि भएको हो । आज अपिको अन्तिम शेयर मूल्य १८० रुपैयाँ कायम भएको छ ।

त्यस्तै कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको भएको छ । यो समूहको ६.९५ प्रतिशत परिसूचक वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x