Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन विदा गर्नुपर्नेबारे अध्ययन गर्न समिति गठन

पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन विदा गर्नुपर्नेबारे अध्ययन गर्न समिति गठन

काठमाडौं, ८ असोज । कोरोनाका कारण सुस्त भएको पर्यटन क्षेत्र चलायमान बनाउन हप्तामा दुई दिन सार्वजनिक विदा दिनुपर्ने प्रस्ताव तयार पार्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल बनाएको छ।

मन्त्रालयले दुई दिने विदाको प्रस्ताव तयार गरी मन्त्रिपरिषद्‌मा पेश गर्ने उद्देश्यले मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वको ६ सदस्य रहेको कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी रहेका छन्। कार्यदलका अन्य सदस्यमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका एक–एक जना प्रतिनिधि रहनेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x