Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

अब चेक र एटीएम कार्ड बिना नै सनराइज् बैंकबाट पैसा झिक्न सकिने

अब चेक र एटीएम कार्ड बिना नै सनराइज् बैंकबाट पैसा झिक्न सकिने

काठमाडौं, ८ असोज । सन्राइज बैंकले डिजिटल टेलर सेवा सुरु गरेको छ । बैंकका काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन बैंकले चेक तथा एटीएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी सेवा सुरु गरेको हो ।

सन्राइज बैंकमा खाता हुने सम्पूर्ण ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सन्राइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् । यो सेवामार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी एक दिनमा १ लाख रुपैयाँ र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सकिने बैंकले जनाएको छ ।

पेपरलेस बैंकिङ्गतर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गतर्फ आकर्षण बनाउँने बैंकले विश्वास गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x