Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतको १ अर्ब ५४ करोड सहयोग

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतको १ अर्ब ५४ करोड सहयोग

काठमाडौं, ८ असोज । भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि डेढ अर्ब सहयोग गरेको छ । भारतीय दूतावास नियोग उप(प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानालाई एक अर्ब ५४ करोडको चेक हस्तान्तरण गरेकी हुन् ।
आवास तथा विद्यालय पुनर्निर्माणका लागि भारत सरकारले गरेको प्रतिबद्धताअनुरुप ९६ करोड भारतीय रुपैयाँको चेक हस्तान्तरण गरेको हो । भारत सरकारले आवास परियोजनाअन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको दूतावासले बताएको छ ।
भारतले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धतामध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको जनाइएको छ । यस्तै भारतले ५० मिलियन अमेरिकी डलर अनुदान सहायताअन्तर्गत ७० विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोगको प्रतिबद्धता जनाएको छ । यसमध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४.२ मिलियन अमेरिकी डलरबराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको दूतावासले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x