Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

‘पर्यटन र ग्रामीण विकास’को नारासहित आज विश्व पर्यटन दिवस मनाइँदै

‘पर्यटन र ग्रामीण विकास’को नारासहित आज विश्व पर्यटन दिवस मनाइँदै

काठमाडौं, ११ असोज । ‘पर्यटन र ग्रामीण विकास’ मूल नारासहित आज (आइतवार) नेपालमा पनि विश्व पर्यटन दिवस मनाइँदै छ ।
कोरोना महामारीलाई दृष्टिगत गर्दै यसपटक सीमित कार्यक्रमका बीच यो दिवस मनाउन लागिएको छ । हरेक वर्ष सेप्टेम्बर २७ मा यो दिवस मनाइँदै आएको छ ।
कोरोनाले शिथिल पर्यटन क्षेत्रलाई चलायमान बनाउन शनिवार टास्क फोर्स (कार्यदल) गठन गरी पर्यटन पुनरुत्थान अभियानको थालनी गरिएको छ । सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरूप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित पर्यटन पुनरुत्थान कार्यदलले कोभिड प्रभावित पर्यटन चलायमान बाउन विभिन्न काम गर्ने बताइएको छ ।
सरकारले बजेटमा घोषणा गरेको ‘देश दर्शन कार्यक्रम’को कार्यान्वयन समेत शुरू गरेको छ । ‘पर्यटनका लागि हाम्रो देश, घुमौं देश, चिनौं परिवेश’ मूल नाराका साथ अभियानको लोगो, सन्देशमूलक भिडियोलगायत सामग्री सार्वजनिक गरिएको छ । कार्यदलले पर्यटन क्षेत्रका नीतिनिर्माताहरू, सरोकारवाला निकायहरूबीच परिणाममुखी समन्वय स्थापना गराउन तथा स्रोत बजारका टुर अपरेटर्स एवम् सम्भाव्य पर्यटकहरूबीच विश्वसनीय तथा प्रभावकारी सञ्चार गर्र्ने कार्यमा केन्द्रित रहने गरी विभिन्न गतिविधि गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पर्यटनमन्त्री योगेश भट्टराईले बताएका छन् ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै मन्त्री भट्टराईले कोभिडका कारण शिथिल पर्यटन क्षेत्रलाई चलायमन बनाउन यो कार्यक्रमको शुरुवात गरिएको भन्दै अन्तरराष्ट्रिय पर्यटकलाई नेपाल ल्याउने वातावरण बनाइने बताए । पर्यटनका गतिविधि बढाउन सरकारले हवाई उडान, होटेल तथा रेस्टुराँ व्यवसाय, पदयात्रा, पर्वतारोहणजस्ता पर्यटकीय क्षेत्रलाई खुला गरिसकेको र यो कार्यक्रमले पर्यटनलाई थप गति दिने उनको भनाइ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x