Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नेपाल फाइनान्सको आठ वर्षको साधारणसभा सम्पन्न

नेपाल फाइनान्सको आठ वर्षको साधारणसभा सम्पन्न

काठमाडौं, ११ असोज । नेपाल फाइनान्स लिमिटेडले एकै पटक आठ वर्षको साधारणसभा सम्पन्न गरेको छ । फाइनान्सले शनिवार २० औं, २१ औं, २२ औं, २३ औं, २४ औं, २५ औं २६ औं र २७ औं साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाले आर्थिक वर्ष २०६८/६९ देखि २०७५/०७६ सम्मको वित्तीय विवरण पारित गर्नुका साथै जारी तथा चुक्ता पुँजी बृद्धि गर्न १ बराबर १ दशमलव ७५ प्रतिशतको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै, सभाले कुनै बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने, गाभिने तथा एक्विजिसन गर्ने प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । गत आर्थिक वर्षको अन्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार फाइनान्सको निक्षेप २१ करोड रुपैयाँ र कर्जा १२ करोड ९ लाख रुपैयाँ रहेको छ ।

साथै स्वतन्त्र र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने रिक्त पदमा बाँकी कार्यकालका लागि गरिएको सञ्चालकको नियुक्तीलाई साधारणसभाले अनुमोदन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x