Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

काठमाडौंका व्यापारिक केन्द्रमै बढ्न सकेन कारोबार

काठमाडौंका व्यापारिक केन्द्रमै बढ्न सकेन कारोबार

काठमाडौं, ११ असोज । कोरोना महामारी रोकथामका लागि ४ महिनासम्म गरिएको लकडाउन र त्यसपछि जारी पटकपटकको निषेधाज्ञा खुलेर काठमाडौंमा पसल व्यवसाय सञ्चालनमा आए पनि कारोबार भने बढ्न सकेको छैन । काठमाडौं उपत्यकाकै प्रमुख व्यापारिक केन्द्र मानिने असन, न्यूरोड, इन्द्रचोक, महाबौद्ध क्षेत्रमा साविक तुलनामा ९० प्रतिशतसम्म कारोबार घटेको सम्बद्ध व्यापारीहरूको भनाइ छ ।
पसल खुले पनि उपभोक्ता नआउँदा दिन कटाउने बाटो मात्र भएको उनीहरूको भनाइ छ । ‘झुक्किएर फाट्टफुट्ट आइहाले भने हो, नत्र व्यापार सुनसान छ,’ काठमाडौँ असनमा साडी पसल सञ्चालन गर्दै आएका प्रमोद रौनियारको भनाइ उद्धृत गर्दै राससले लेखेको छ । विगत दुई हप्तादेखि यहाँका व्यवसाय खुले पनि व्यापारिक कारोबार उकासिन नसकेको व्यवसायी बताउँछन् ।
कोभिड प्रकोप शुरू भएपछि अधिकांश मासिनले उपत्यका छाडेकाले पनि यसको असर व्यापारमा परेको देखिएको छ । व्यापार व्यवसाय राम्ररी सञ्चालन हुन कोरोना महामारी अन्त्य हुनुपर्ने व्यापारीहरूको बुझाइ छ । लकडाउन तथा निषेधाज्ञा हटेर पसल खोल्ने वातावरण बने पनि वस्तु तथा सेवा विक्री नहुँदा अधिकांश व्यवसायी निराश छन् ।
लकडाउनकै बेलादेखि व्यापार सुक्दा ठमेल लगायत क्षेत्रका अधिकांश पसल खाली भएका छन् । व्यापार व्यवसाय ठप्प भएकै कारण उपत्यकाका ४० प्रतिशत सटर खाली भएको अनुमान गरिएको छ । महामारीको अवस्था अहिलेकै जस्तो भइरहेको अझै थप पसल व्यवसाय बन्द हुने देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x