नविल बैंकले ७.७५ प्रतिशत व्याजदरमा शेयर कर्जा दिने

काठमाडौं, १२ असोज । नबिल बैंकले वार्षिक ७.७५ प्रतिशत व्याजदरमा नबिल शेयर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ५० लाख रुपैयाँ वा सोभन्दा बढीको नबिल शेयर कर्जा दिने जनाएको छ ।

आगामी दशैंको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितोमा कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । नेपाल धितोपत्र बजारमा कारोबार हुने सेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै सेयर धितोकर्जा पाइने बैंकले जानकारी दिएको छ ।

हाल बैंकले देशभरी १ सय १९ शाखाहरु र १ सय ८५ एटिएम काउण्टरबाट सेवा दिइरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *