एनएमबि बैंक पीसीएफको स्टिअरीङ्ग कमिटिमा नियुक्त
काठमाडौं, १२ असोज । एनएमबि बैंक एबीएन एम्रो, मोर्गन स्टान्ली र अग्रणी अन्तर्राष्ट्रिय बैंकहरूको पाटनरसिप फर एकाउन्टिङ्ग फाइनान्सीयल (पीसीएफ) को स्टिअरीङ्ग कमिटिमा नियुक्त भएको छ ।
नेट जेरो एसेस्ट वनर एलाइन्स (एओए) सँगको सहकार्यमा पीसीएएफले सञ्चालक समितिमा एओएको एक प्रतिनिधिको रुपमा एनएमबि बैंकलाई समावेश गरेको हो । पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी हो । जुन उनीहरूको कर्जा÷लगानीसँग सम्बन्धित ग्रीनहाउस ग्यास (जीएचजी) उत्सर्जनको आँकलन गर्न र खुलासा गर्न दृष्टिकोणको विकास र कार्यान्वयन गर्न सहकार्य गर्ने गर्छ ।
कार्वन लेखा वित्तीय साझेदारीले कर्जा र लगानीले फाईनान्स गरेको ग्रीन हाउस ग्यास उत्सर्जन मापन गरी प्रस्तुत गर्न उद्योगको नेतृत्वमा संस्थागत सम्पतिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गढबन्धनसँग मिलेर काम गर्न तथा सहभागितालाई सुदृढ र बिस्तार गर्ने प्रयास गरेको छ । पीसीएफको स्टिअरीङ्ग कमिटिको विस्तार गर्दा यसले मूल्य र मान्यतामा आधारित बैंकिङ्गको जग निर्माण गर्न, एशियाबाट प्रमुख प्रतिनिधि थप्न र यसको विश्वव्यापी र विविध प्रकृतिलाई अझ विशेष गरी संस्थागत लगानीकर्ताको दृष्टिकोणबाट सुदृढ पार्न अनुमति दिन्छ ।
बैंकका प्रमुख कार्यकारी अधिृकत सुनिल केसीले विश्वव्यापी तापक्रम वृद्घिलाई सुरक्षित सीमाभित्र राख्नु सवैको लागि महत्वपूर्ण भएको भन्दै अग्रगामी पहलको हिस्सा हुन पाएकोमा खुसी व्यक्त गरे ।