Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पाँच स्थानीय तहमा सेञ्चुरी बैंकको शाखा विस्तार

पाँच स्थानीय तहमा सेञ्चुरी बैंकको शाखा विस्तार

काठमाडौं, ९ फागुन । सेञ्चुरी कमर्सियल बैंकले देशको ग्रामीण भेगका जनता माझ बैंकिङ्ग पहुंच पु¥याउने उद्धेश्य अनुरुप विभिन्न पाँच स्थानमा शाखा कार्यालय संचालनमा ल्याएको छ।

बैंकले खोटाङ्ग जिल्लाको लामिडांडा गाउंपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ्ग जिल्लाको ग्रामथान गाउंपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको जानकारी दिइएको छ । सो शाखा कार्यालयहरु बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले केन्द्रिय कार्यलयबाटै शुभारम्भ गरे ।

बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x