चालू आवको भदौ मसान्तसम्ममा २४ प्रतिशतले घट्यो राजस्व संकलन
काठमाडौं, १६ असोज । गत आर्थिक वर्षको शुरुवाती २ महिनाको तुलनामा चालू आर्थिक वर्षको पहिलो २ महिनामा मुलुकको राजस्व संकलन करिब एक चौथाइले घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको साउन र भदौ महिनामा ६० अर्ब ३४ करोड २३ लाख राजस्व असुली भएको थियो, जब कि चालू आवको भदौ मसान्तसम्मा ४५ अर्ब ७८ करोड १० लाख मात्र राजस्व उठेको छ, गत आवको तुलनामा २४ प्रतिशतको कमी हो ।
आवको पहिलो महिना साउनमा रू. २१ अर्ब ८७ करोड ६० लाख राजस्व संकलन भएको छ । भदौमा भने साउनको तुलनामा राजस्व असुली बढेको छ । गत महिना २३ अर्ब ९० करोड ५० लाख राजस्व उठेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।
मुलकबाट हुने वैदेशिक व्यापारमा कमी आउँदा यसको असर राजस्व संकलनमा पनि परेको हो । कोरोना महामारीका कारण आयात घटेकाले राजस्व संकलन खुम्चिएको विभागले बताएको छ । मुलुकमा सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, ग्यास, सवारीसाधन तथा यसका पार्टपुर्जा लगायतको मागमा आएको कमी आयात प्रभावित भएको छ । परिमाणमस्वरूप राजस्व समेत उल्लेख्य मात्रामा घटेको देखिन्छ ।