Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बजाजले नेपालमा ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस

बजाजले नेपालमा ल्यायो नयाँ एभेन्जर स्ट्रीट १६० एबीएस

काठमाडौं, १६ असोज । बजाज मोटरसाइकलका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आज नेपालमा नयाँ एभेञ्जर स्ट्रीट १६० एबीएस भित्र्याएको छ । नयाँ एभेञ्जर स्ट्रीट १६० स्पोस्टर डिजाइनमा शहरका लागि केहि भिन्न रुपमा देखा पर्नेहरुका लागि बनाइएको बताइएको छ ।

एभेन्जर स्ट्रीट १६० स्पाईसी रेड र इबोनी ब्ल्याक कलर भेरियन्टमा उपलब्ध छ । यसको शुरुवाती मूल्य ३ लाख १९ हजार ९०० रुपैयाँ पर्ने छ । यो बाइक असोज १५ गतेदेखि देशभर उपलब्ध हुने बताइएको छ ।

यसमा रोडस्टर डिजाइनको हेडल्याम्प छ र एलईडी डीआरएलका साथ यसले दिर्घकालिन छाप सृजना गर्दछ र यसमा शहर र हाईवेका लागि सहज गतिशीलता प्रदान गर्न स्ट्रीट कन्ट्रोल ह्यान्डलबारहरु पनि रहेका छन् ।

यो १६० सीसी डीटीएस—आई इन्जिनद्वारा संचालित छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x