कोरोना भाइरस संक्रमण देखिएका अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना
काठमाडौं, १७ असोज । कोरोना भाइरस सङ्क्रमित अमेरिकी राष्ट्रपति उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनलाई ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । ह्वाइट हाउसले राष्ट्रपति सावधानी अपनाउन अस्पताल पुर्याइएको जनाएको छ।
ट्रम्प र उनकी पत्नी मेलानिया दुवैलाई कोभिड(१९ पोजिटिभ भएपछि ट्रम्पलाई विभिन्न औषधिको मिश्रणको सुइ दिइएको थियो। डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडनसँग राष्ट्रपतीय निर्वाचनका लागि प्रतिस्पर्धा हुन लागेको एकमहिनाअघि ट्रम्पलाई कोरोना संक्रमण देखिएको हो ।