Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपालको हवाई सुरक्षा सुदृढ पार्न प्राविधिक सहयोग गर्ने इयुको प्रस्ताव

नेपालको हवाई सुरक्षा सुदृढ पार्न प्राविधिक सहयोग गर्ने इयुको प्रस्ताव

काठमाडौं, १७ असोज । युरोपियन युनियन (इयु) ले नेपालको हवाई सुरक्षालाई थप सुदृढ पार्न प्राविधिक सहयोग गर्ने प्रस्ताव गरेको छ । शुक्रबार साँझ सम्पन्न नेपाल र युरोपियन युनियनको १२ औं संयुक्त आयोगको बैठकमा यस्तो प्रस्ताव गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल हवाई सुरक्षाका क्षेत्रमा लिएका कदमहरुलाई अझ प्रभावकारी र नतिजामुखी बनाउन प्राविधिक परियोजनाको विकास गर्न चाहेको जनाएको छ । सो बैठकमा नेपाली पक्षले हवाई सुरक्षा सुधार गर्नका लागि लिइएको ठोस कदमहरुबारे इयुलाई जानकारी गराएको थियो । सरकारले हवाई उडान सेवालाई सुरक्षित बनाउने उद्देश्यले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना गर्न थालेको छ र सो सम्बन्धी विधेयक संसदमा दर्ता गराइसकेको छ ।

अहिले राष्ट्रिय सभामा विचाराधीन सो विधेयक संसदको हिउँदे अधिवेशनबाट पारित गर्ने सरकारको तयारी छ । बैठकमा इयुले यसलाई सकारात्मक कदम भन्दै यसलाई कार्यान्वयन गर्नका लागि थप प्रगतिको आवश्यकता औंल्याएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x