कुमारी बैंकका ग्राहकहरुलाई होटेल ल्याण्डमार्कमा आकर्षक छुट

काठमाडौं, १९ असोज । कुमारी बैंक लिमिटेड र होटेल ल्याण्डमार्कबीच होटलका विभिन्न सेवा सुविधाहरुमा छूट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख नविनमुनि बज्राचार्य र होटेल ल्याण्डमार्कका उपाध्यक्ष शरद प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका डेबिटत तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले होटेल ल्याण्डमार्क अन्तर्गतका दरबारमार्ग, चितवन, पोखरास्थित विभिन्न होटेल र रिसोर्टहरूको साधारण रूम शुल्कमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । त्यस्तै प्याकेजहरुमा ५ प्रतिशत र खानपानमा १५ प्रतिशतसम्म छुट पाईंने बैंकले जनाएको छ ।

त्यस्तै होटेल तथा रिसोर्टहरूका अतिरिक्त मनोरञ्जनात्मक क्रियाकलापमा पनि ग्राहकलाई सहुलियत प्राप्त हुने बताइएका छ । हाल बैंकले १८१ शाखा कार्यालय, १३९ एटीएम र २२ शाखारहित बैंकिङ्ग इकाईमार्फट सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *