Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइन निर्माण शुरू

तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइन निर्माण शुरू

दोलखा, १९ असोज । तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तामाकोशी–बाह्रबीसे खण्डको काम शुरू भएको छ । उक्त प्रसारण लाइनको प्रसारण लाइनको १२ नं टावरको मेलुङ गाउँपालिका–१ पवटीको तामाकोशी किनार नजिक शुक्रवारदेखि निर्माण शुरू गरिएको हो ।

भारतीय ठेकेदार कम्पनी केईसी इन्टरनेशनल लिमिटेडले तामाकोशी–काठमाडौं ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत पहिलो प्याकेजको करीब ४४ किलोमिटर लामो रामेछापको फुलासीदेखि बाह्रबीसेसम्म्मको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनको जिम्मा पाएको आयोजना प्रमुख रमण शर्माले जानकारी दिए ।

तामाकोशी–काठमाडौं ४०० केभी विद्युत् प्रसारण लाइन आयोजना र ठेकेदार कम्पनी केईसीले संयुक्त सर्भे डिजाइनपछि जग निर्माणको काम थालनी गरेको छ । दशैंअघि नै १२ नम्बर टावरको फाउन्डेशनको काम सकिने केईसीसँग सहकार्य गरिरहेको स्थानीय निर्माण व्यवसायी कार्की एन्ड सन प्रालिका सञ्चालक विदुर कार्कीले बताए । आयोजनाका इन्जिनीयर गजेन्द्र यादवले निजी जग्गा प्राप्तिमा कानूनी प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले अहिले सार्वजनिक जग्गाहरूबाट टावर निर्माणको काम शुरू गरिएको जानकारी दिए । उनका अनुसार पहाडी क्षेत्रमा भौगोलिक अवस्था अनुसार ४० देखि ६० मिटरसम्म अग्ला टावरको निर्माण गरिनेछ ।

पहिलो प्याकेज अन्तर्गत रामेछापको फुलासीदेखि बाह्रबीसेसम्म ११४ वटा टावर बनाइनेछ । यसमध्ये रामेछापमा २ वटा, दोलखामा ८५ वटा र सिन्धुपाल्चोकमा २७ ओटा पर्दछन् । पहिलो प्याकेज अन्तर्गत दोलखामा १८ ओटा र सिन्धुपाल्चोकमा १३ ओटा टावर वन क्षेत्रभित्र पर्ने आयोजनाले जानकारी दिएको छ ।

दोस्रो प्याकेज अन्तर्गत बाह्रबीसे–काठमाडौं (लप्सीफेदी) खण्डको ठेक्का भने लार्सन एण्ड टर्बो (एलएण्टी)ले पाएको छ । यो खण्डमा १२३ टावर भए तापनि मन्डनदेउपुर र नगरकोट क्षेत्रमा स्थानीयको रूट सार्नुपर्ने मागका कारण ५० ओटाको मात्र जग हाल्ने काम पूरा भएको छ । यो ठेक्काको म्याद पूरा भएकाले १ वर्ष म्याद थप भई ३० मार्च २०२१ सम्म समय तोकिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x