एनआईसी एशिया बैंकका कार्ड प्रयोगकर्ताहरूले सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार छुट

काठमाडौं, १९ असोज । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भीजी अटोमोबाईलस् प्रा.लि.बाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार रुपैयाँ छुट पाउँने भएका छन् । दुई कम्पनीबीच १२ हजार रुपैयाँ नगद छुट तथा तीन हजार रुपैयाँ नगद फिर्ता गरी कुल १५ हजार रुपैयाँ रकम छुट दिइने समझौता भएको हो ।
उक्त सम्झौता पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र भीजीका उप–महाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले भीजी अटोमोबाईलस्का जुनसुकै शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गर्दा १५ हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् । असोज १० गतेबाट सुरु भएको यो योजना आगामी मंसिर ५ गतेसम्म सञ्चालनमा रहने छ ।
हाल बैंकले मुलुकभर ३२६ शाखा कार्यालय, ४६८ एटीएम, १०३ वटा एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।