Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दीगोेले ल्यायो ‘दीगो स्वर्ण उत्सव’, हरेक खरिदमा चार तोलासम्म सुन र अरु उपहार

दीगोेले ल्यायो ‘दीगो स्वर्ण उत्सव’, हरेक खरिदमा चार तोलासम्म सुन र अरु उपहार

काठमाडौं, २० असोज । दीगोेले दीगोे ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्ने प्रत्येक ग्राहकका लागि दशैं अफर ‘दीगोे स्वर्ण उत्सव’ सार्वजनिक गरको छ । यो उत्सवमा ग्राहकले खरिद गरेको गाडीको मोडलको आधारमा चार तोलासम्म सुन उपहार पाइने छ । यसबाहेक पनि ग्राहकले निःशुल्क एसेसोरिज, एक वर्षको सडक कर, तीनवटा निःशुल्क सर्भिसिङ र ८० प्रतिशतसम्म कर्जाको सुविधा पाइनेछन् ।

यसका अतिरिक्त ग्राहकहरुले ७० प्रतिशत कम चालू खर्चले पुग्ने विद्युतीय गाडी, ज्यादै कम मर्मत खर्च, अत्यन्तै सजिलो ड्राइभिङ लगायतको लाभ गर्न सक्ने बताइएको छ । दीगोेले नेपाली बजारमा दीगोे इ८, डिएफएसके डाँफे, जोयलङ इ६ र सिएचटिसी इ–बस सार्वजनिक गरेको थियो । यो स्वर्णउत्सव यी चार वटै मोडलहरुमा लागू हुने बताइएकोछ ।

चाडपर्वको अवसर पारेर ल्याइएको अफरका विषयमा दीगोे कम्पनीका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बजारमा उपलब्ध मध्येको उत्कृष्ट अफर यो हुने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x