विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने

काठमाडौं, २० असोज । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । विजयले खप्तडलाई प्राप्ति गर्ने सम्बन्धमा दुई संस्थाबीच सोमबार (हिजो) सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

विजय लघुवित्तको रजिष्टर्ड कार्यालय कैलालीको गोदावरी नगरपालिका वडा नं. १ अत्तरीयामा रहेको छ । त्यस्तै खप्तड लघुवित्तले आफ्नो कार्यक्षेत्र सुदूरपश्चिम प्रदेशलाई बउँदै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *