नेप्से परिसूचक १६०० विन्दुमा, ३ अर्ब ३५ करोडभन्दा बढीको कारोबार
काठमाडौं, २१ असोज । बुधबार नेप्से परिसूचक १४.६८ अंक वृद्धि भएर बन्द भएको छ । हिजो १५८६ विन्दुमा रहेको नेप्से परिसूचक आज १६००.९७ विन्दुमा उक्लिएको हो । नेप्से परिसूकसँगै कारोबारमा पनि वृद्धि भएको छ । आज १९५ कम्पनीको १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता शेयर ३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।
आज सर्वाधिक शेयर मूल्य वृद्धि तीन वटा हाइड्रोपावर कम्पनीको र एक डेभलपमेन्ट बैंकको भएको छ । शेयर मूल्य सर्वाधिक वृद्धि हुनेमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, बरुन हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको भएको छ । यी कम्पनीको १० प्रतिशत शेयर मूल्य वृद्धि भएको हो । त्यस्तै कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको पनि शेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ ।
सर्वाधिक मूल्यको शेयर अरुण कावेली पावर कम्पनीको लिमिटेडको भएको छ । यो कम्पनीको १५ करोड २९ कलाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।