कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आन्तरिक राजस्व कार्यालय कञ्चनपुरको सेवा बन्द
कञ्चनपुर, २१ असोज । महेन्द्रनगरस्थित आन्तरिक राजस्व कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि सबै सेवा बन्द गरिएको छ । अन्य कर्मचारीको पनि कन्ट्याक्ट ट्रेसिङ तथा स्वाब संकलन गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका १६ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर बुधबार स्वाब संकलन गििरएको छ । रिपोर्ट नआउदासम्म सेवा बन्द रहने र अनलाइन सेवा भने निरन्तर हुने कर अधिकृत विष्णुबहादुर राउतले बताए । राजस्व कार्यालयका कर्मचारीमा गत सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । त्यसअघि बिहीबार उनमा लक्षण देखिएपछि शुक्रबार स्वाब संकलन गरिएको थियो ।