Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अशोक लेलैण्ड र सन्राइज बैंकबीच सहुलियतपूर्ण कर्जा सेवासम्बन्धी सम्झौता

अशोक लेलैण्ड र सन्राइज बैंकबीच सहुलियतपूर्ण कर्जा सेवासम्बन्धी सम्झौता

काठमाडौं, २१ असोज । आइएमईग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सन्राइज बैंकबीच सहज कर्जा सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत, जनक शर्मा पौडेल र आइएमई मोटर्सको तर्फबाट कार्यकारी निर्देशक सन्दीप अग्रवालले हस्ताक्षर गरेका छन् ।
आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सन्राइज बैंकबाट सहुलियतपूर्ण कर्जा पाउने तथा ब्याज अनुदान सम्बन्धी सम्झौता भएको हो । यस अनुरुप बैंकको नीतिअनुसार ग्राहकहरुलाई अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा विक्री वितरण गरिएका डस्ट मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिनाधितो कम्तिमा खरिद मूल्यको ६० प्रतिसतसम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्षसम्मको लागि मासिक किस्ता तिर्ने आधारमा पाइने उल्लेख छ ।
अशोक लेलैण्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रिवितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीतिनियमभित्र रही कर्जा प्रवाह गरिनेछ । अब आइएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सनराइज बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने कम्पनीद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x