Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भारतीय कामदार आउन दिनुपर्ने मागसहित कैलाली उवासंघद्वारा मन्त्री भट्टलाई ज्ञापनपत्र

भारतीय कामदार आउन दिनुपर्ने मागसहित कैलाली उवासंघद्वारा मन्त्री भट्टलाई ज्ञापनपत्र

धनगढी, २१ असोज । भारतीय कामदार अभावमा नेपालका विभिन्न काम प्रभावित भएको भन्दै कैलाली उद्योग वाणिज्य संघले स्वास्थ्य मापदण्ड अपनाएर भारतीय कामदार ल्याउन पाउनुपर्ने माग गरेको छ । संघले उक्त मागसहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाएको छ । मंगलवार साँझ मन्त्री भट्टको निजी निवास अत्तरियामै पुगेर संघको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
कोरोना संक्रमणका कारण लकडाउन भएसँगै भारतीय कामदार स्वदेश फर्किएका थिए । अहिले नेपाली कामदार पनि कामका लागि दैनिक भारत गइरहेका छन् । दशैं तिहार नजिकिँदै गर्दा समेत व्यवसाय उकासिन नसकेको भन्दै संघले दक्ष कामदार भित्रिन दिनुपर्ने माग राखेको हो । ज्ञापनपत्र बुझाउने टोलीमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, वरिष्ठ उपाध्यक्ष पुस्कर ओझा, सचिव शिद्धराज पनेरु, सदस्य मनोज अग्रवाल र कार्यकारी निर्देशक गोमा अधिकारी लगायत थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x