Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल महिला चेम्बर र सोचेको डटकमबीच ईकमर्श सम्बन्धी समझदारी

नेपाल महिला चेम्बर र सोचेको डटकमबीच ईकमर्श सम्बन्धी समझदारी

काठमाडौं, २१ असोज । कोभिड–१९ बाट सृजित समस्याबाट व्यापारिक क्षेत्रमा देखिएको शिथिलतालाई चलायमान बनाउन तथा अनलाईन ईकमर्शको माध्यमबाट उद्यमी व्यवसायको व्यापार अभिवृद्धि गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्श अन्तर्गत गठित नेपाल महिला चेम्बर र सोचेको डटकमबीच समझदारी भएको छ । उक्त समझदारीपत्रमा बुधवार नेपाल महिला चेम्बरको तर्फबाट महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठ र सोचेको डटकमका प्रबन्ध निर्देशक शैलेश लोहनीले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा बोल्दै नेपाल महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठले अनलाईनको बढ्दो प्रयोगको साथै चेम्बरसंग आवद्ध महिला उद्यमीबाट उत्पादित सामानको ब्यापार अभिवृद्धि गर्न सोचेको डटकम पोर्टल माध्यमद्धारा एकीकृत रुपमा पोर्टलबाट उत्पादित सामान विक्रिवितरण गर्न लागिएको र यो व्यवस्था प्रभावकारी हुने अपेक्षा गरिन् । नेपाल महिला चेम्बर नेपालका महिला उद्यमीहरुको साझा छाता संगठनको रुपमा रहेको र यसले महिला उद्यमीहरुका हक हितका लागि विभिन्न कार्य गर्दै आइरहेको छ ।
नेपाल महिला चेम्बर र सोचेको डट कम बीचको समझदारीपत्रले महिला व्यवसायीहरुको व्यापार वृद्धि हुने र हाल कोभिड–१९को सन्दर्भमा यस्तो डिजिटल मार्केटिङ्गको सम्भावना र सम्भाव्यता अझ बढी रहेको बताउदै यसबाट सबै आम उपभोक्तालाई स्वास्थ्यका दृष्टिले र आर्थिक दृष्टिले समेत लाभान्वित हुने सभापति श्रेष्ठले बताइन् ।
सो अवसरमा सोचेको डट कमका प्रवन्ध निर्देशक शैलेश लोहनीले सोचेको डटकम नेपालको एक लोकप्रिय अनलाईन सपिङ्ग कम्पनी रहेको र विगत केहि वर्षदेखि सञ्चालित यस कम्पनीले छोटो समयमा नेपाली ग्राहकहरुको मन जित्न सफल भइरहेको बताउँदै यस अनलाइन शपिङ मार्फत विभिन्न उत्पादक तथा विक्रेताहरुको उत्पादनलाई विक्री वितरण गर्न मद्दत गर्ने तथा तिनका उत्पादनहरुलाई बजारीकरण समेत गर्दै आएको बताए । नेपालको प्रविधि क्षेत्रको अग्रणी संस्था मेगाटेक ग्रुप प्रवर्धक रहेको यस कम्पनी नेपाली उद्यमशील युवाहरुबाट सञ्चालित तथा पूर्णरूपमा नेपाली लगानीमा संचालित अनलाइन शपिङ्गहरुमध्ये अग्रणी स्थानमा रहेको समेत बताए ।
समझदारीपत्रमा महिला उद्यमीबाट उत्पादित उत्पादनलाई सोचेको डट कमको वेबसाइटमा राखिने, वेबसाइट सम्बन्धी तथा डिजिटल माकेटिङ्गको तालिम उपलब्ध गराउने, उत्पादनहरुको फेसबुक लगात विभिन्न माध्यमहरुबाट विज्ञापन गर्नका साथै उद्यमीहरुको आवश्यक पर्ने ब्राण्ड मेनेजमेन्ट लगाएतका तालिम उपलब्ध गराउने, जिल्लाका उद्यमीहरुलाई यथासिघ्र यो योजनामा सामेल गराउने कार्यक्रम र लक्ष्य रहेको छ । सिमित सहभागिता र पूर्ण सामाजिक दूरी लगायत अन्य सबै स्वास्थ्य प्रोटोकल पुरा गरी सो कार्यक्रम गरीएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x