Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

‘दक्षिण एसियामा आप्रवासी मजदुर र रेमिट्यान्समा कोरोनाको असर’

‘दक्षिण एसियामा आप्रवासी मजदुर र रेमिट्यान्समा कोरोनाको असर’

काठमाडौं, २१ असोज । दक्षिण एसियामा आन्तरिक र बाह्य आप्रवासी मजदुर र रेमिट्यान्समा कोरोना भाइरस (कोभिड–१९) को असर परेको साउथ एशिया वाच अन टे«ड, इकोनोमिक्स एण्ड इन्भायरोमेन्ट (सावती)का विशेषज्ञहरूले निष्कर्ष निकालेका छन् । सावतीले दक्षिण एसियाको रेमिट्यान्स र प्रवासी रोजगारमा महामारीको असर विषयमा गरेको भर्चुअल अन्तक्र्रियामा विशेषज्ञहरुले यस्तो बताएका हुन् ।
उनीहरुले महामारीको कारण प्रवासी कामदारको जीवनशैलीका साथै स्थानीय अर्थतन्त्र पनि धरासायी बनेको बताएका हुन् । उक्त अन्तक्र्रियामा सावतीका रिसर्च निर्देशक पारस खरेलले नेपालमा ठूलो संख्यामा वैदशिक रोजगारीमा गएका मानिसहरु फर्किने क्रम रहेको र सामान्य अवस्थामा पनि त्यसरी विदेशबाट फर्केर आएका मानिसहरु रोजगारीभन्दा बाहिर रहने गरेको बताए । उनले मुलुकमा राजनीतिक परिवर्तन आएको ३० वर्षपछि पनि सरकारले पर्याप्त रोजगारीको एजेण्डालाई बेवास्ता गरेको बताए ।
खरेलले वैदेशिक रोजगारीमा गएका मानिसहरु मुलुकमा फिर्ता आएसँगै नेपालमा थप ठूलो समस्या उत्पन्न हुन सक्ने बताए । तर, उनीहरु फर्किएर आएसँगै नेपाललाई पर्याप्त रोजगारी सृजना गर्ने मौका पनि रहेको उनको भनाइ छ । त्यस्तै अहिले नेपाल संघीयतामा गएकाले अहिलेको अवस्था स्थानीय निकायको पनि परीक्षण रहेको बताएका थिए ।
उक्त अन्तिक्र्रियामा भारत, पाकिस्तान र श्रीलंकाका विशेषज्ञहरुले पनि उक्त अन्तक्र्रियामा आफ्नो मुलुकमा महामारीको कारण आप्रवासी कामदार र रेमिट्यान्समा पारेको असरबारे व्याख्या गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x