Date

शुक्र, मंसिर २१, २०८१
Fri, December 6, 2024

प्राकृतिक विपत्तिबाट यस वर्ष मुलुकमा दशककै बढी मानवीय क्षति

प्राकृतिक विपत्तिबाट यस वर्ष मुलुकमा दशककै बढी मानवीय क्षति

काठमाडौं, २२ असोज । मनसुनजन्य प्राकृतिक विपत्तिबाट यस वर्ष मुलुकमा सबैभन्दा बढी मानवीय क्षति भएको पाइएको छ । कोरोना महामारी कायमै रहँदा वर्षासँगैको बाढी, पहिरो, डुबान, चट्याङ लगायत प्राकिृतिक विपत्तिबाट दशककै ठूलो मानवीय क्षति हुन पुगेको गृह मन्त्रालयअन्तर्गको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।
गृह मन्त्रालयका अनुसार यस वर्ष मनसुनजन्य विपत्तिबाट मुलुकका ४९ जिल्लामा ४०२ ले ज्यान गुमाएका, १०१ जना बेपत्ता रहेका र ४४६ घाइते भएका छन् । पहिरोले सिन्धुपाल्चोकमा सबैभन्दा बढी र बाढीले बाग्लुङमा बढी क्षति पु¥याएको प्राधिकरणको तथ्यांक छ । सिन्धुपाल्चोकमा सबैभन्दा बढी ७२ को मृत्यु भएको छ भने ३९ अझै बेपत्ता छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष नेपालका ४९ जिल्ला प्राकृतिक विपत्तिबाट प्रभावित बनेका र मनसुन अवधिमा बाढी÷पहिराका मात्र घटना ५८० घटना भएको जानकारीदिएको छ । प्राधिकरणको प्रारम्भिक विवरणअनुसार कुल ५१४ घरमा क्षति पुगेको छ । उक्त अवधिमा मुख्यत बाढीपहिराले ठूलो क्षति पु¥याएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
गत वैशाखयता पहिराबाट मात्रै २९५ जनाले ज्यान गुमाएका छन् । पहिरामा परेर ६४ बेपत्ता भए भने २२३ जना घाइते भएका छन् । बाढीबाट ४२ को मृत्यु, ३७ बेपत्ता र ११ घाइते भए । यस्तै चट्याङबाट ६५ को मृत्यु र २१२ जना घाइते भएको तथ्यांक छ ।
प्राधिकरणको विवरणअनुसार यस वर्ष मनसुनजन्य घटनाबाटे गण्डकी प्रदेशमा ठूलो क्षति भएको छ । उक्त प्रदेशमा बाढी र पहिरामा मात्रै १२२ जनाले ज्यान गुमाएका छन् । प्रदेश नं १ र २ बाहेक अन्य प्रदेशमा भने धेरै मानवीय क्षति भएको उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x