Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उपत्यकामा कोरोना अनियन्त्रित बन्न सक्ने, अस्पतालहरूमा बेड अभाव बढ्दै

उपत्यकामा कोरोना अनियन्त्रित बन्न सक्ने, अस्पतालहरूमा बेड अभाव बढ्दै

काठमाडौं, २२ असोज । पछिल्ला दिनहरूमा देखिएको संक्रमणको अवस्थाले काठमाडौं उपत्यकामा कोरोना महामारी अनियन्त्रण बाहिर जान सक्ने देखिएको छ । बुधवार मात्र संघीय सरकारले यसको संकेत गर्दै उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यस्तै संक्रमणको दर बढ्दै जाँदा अस्पतालहरूमा बेडको समेत अभाव देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
बुधवार नै देशभर सबैभन्दा बढी ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये काठमाडौं उपत्यकामा मात्रै १६ सय ८४ जना संक्रमित थपिएका छन् । यसँगै देशभर सक्रिय संक्रमितको संख्या समेत २५ हजार ७ पुगेको छ ।
असोज १९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौं उपत्यका कोभिडको अझै उच्च जोखिममा रहेको र यही अवस्था रहिरहे नियन्त्रणभन्दा बाहिर जान सक्ने बताएका छन् । ‘अहिलेसम्म उपत्यकामा कोरोना संक्रमण नियन्त्रण उन्मुख नदेखिएकाले धेरै सतर्कता अपनाउन आवश्यक छ,’ उनले भने, ‘संक्रमण अनियन्त्रित भए त्यसले ठूलो जोखिम निम्त्याउनेछ ।’
यसैबीच, सरकारले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरूमा बेडको अभाव देखिन थालेको बताएको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले आम सर्वसाधारणको लापरबाहीका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बेडको अभाव हुन थालेको बताएका हुन् ।
संक्रमणमा वृद्धि भएसँगै अस्पतालमा बेड अभाव हुन थालेको र बिरामीलाई पायक पर्ने ठाउँमा बेड उपलब्ध हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘काठमाडौं उपत्यकामा यही अनुपातमा संक्रमण बढ्ने हो भने अस्पतालहरूले भार थेग्न सक्दैनन् ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x